दुई दिनअघि मात्रै फ्रान्सलाई जिताएका एम्बाप्पेलाई कोरोना

काठमाडौं । फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काफरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको छ ।

फ्रान्सेली फुटबल फेडेरेसनले सोमबार एम्बाप्पेलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले राष्ट्र र क्बले खेल्ने केही महत्वपूर्ण खेलहरु गुमाउने जानकारी दिएको हो ।

नेशलन लिग अन्तर्गत गत आइतबार भएको स्वीडनविरुद्धको खेलमा एम्बाप्पे सहभागी थिए । फ्रान्सको जितका लागि निर्णायक एक गोल पनि उनैले गरेका थिए ।

नेमाइसहित पिएसजीका अन्य ६ खेलाडीलाई ६ खेलाडीलाई केहीदिनअघि मात्रै कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार