बहु उपयोगी बनस्पति गुर्जाे

सहि प्रयोगले गर्छ, रोग प्रतिरोधात्मक क्षमता वृद्धि


बुटवल, २२ भदौ
गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो । यसका वारे अहिले निकै चर्चा भएको पाईन्छ । यो टी कोर्डिफोलिया प्रजातीको वनस्पति हो । यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो । गाने गुर्जाे पनि हुन्छ तर लहरेवा वा चिनी लहरे भनेर चिनिने यो गुर्जाे बहुउपयोगी छ । यो विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण नै मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी छ । पछिल्लो समय विश्वभर फैलिएको कोभिड–१९ का कारण यसको निकै चर्चा चलेको छ । यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाहरुबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । भिरवार र रुखहरुमा लररिएको हुन्छ । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ । यसका पातहरु एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु पानको पात वा मुटु आकारका ७—८ वटा नशाहरु भएका लामा हुन्छन् । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी फुलहरु एक्लाएक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।


आयुर्वेदका ज्ञाता मानिनु हुने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्नुहुन्छ । कमलपित्त तथा कलेजोसम्बन्धी समस्या सँगै भाइरसको सक्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उहाँको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ । यसबाहेक टिमुर, बेसार, लसुनले पनि यस्ता भाइरसजन्य सक्रमण कम गर्न सघाउने आयुर्वेद विज्ञहरु बताउनुहुन्छ । उनीहरुका अनुसार जुनसुकै ज्वरो आएमा गुर्जाेको रस बिहान बेलुका सेवन गर्दा फाईदा हुन्छ ।
यो नेपाल लगायत उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार, थाइल्याड, भियतनाम, दक्षिणी चीन, मलेसिया लगायतका देशमा पाइन्छ । नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ । पहाडि भेगमा बढि पाईन्छ । हाल तराईतिर पनि वेर्ना जमाएर लगाउन थालिएको देखिन्छ । यो बहु उपयोगि लहरे वनस्पति हो । यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ । निश्चित मात्रा पानीमा पकाएर सेवन गरिन्छ । कोरोनाको संक्रमण बढ्दै जादा निको हुने औषधि नबनेको बेला जडिवुटीमा रोग प्रतिरोधात्मक शक्ति हुने भएकोले केहिमात्रा गर्जे लहरा थोरै नुन, वेसार, ज्वानो राखेर धेरै वेर उमालेर पिउने गर्थ थालीएको छ । यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरुमा राम्ररी हुर्कन्छ ।
हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरु तयार गरिन्छन् । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन र चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हुने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरु असार श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार र श्रावण उचित समय मानिन्छ । हाल सरहबजारमा गमला र क्यारिमा पनि यो लगाउन थालेका छन् । कोभिडको प्रकोप संगै यस्ता जडिबुटी जन्य वनस्पतिको प्रयोग वढन थालेको छ । यसको फलहरु असोज मंसीरमा पाक्दछन् । पाकेका राता फलहरु टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरु नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ । सकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ । अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन र चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ । नर्सरीमा तयार गरिएका वेर्नाहरु खासगरि कुनै रुखहरुको फेदमा लगाइन्छ । किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो । लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नुपर्दछ भने पछिल्ला वर्षहरुमा त्यति हेर विचारको खाँचो पर्दैन । यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो । त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्षपछि मात्र विरुवाहरु वाली लिन योग्य हन्छन् । लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नुपर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरुलाई बीचैबाट ४ फ्याक हने गरी काटेर सुकाइन्छ । अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ । अनि एक हप्ता जति घाममा राम्ररी सुकाएर भण्डार गरी आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार