गोरखाकी ७६ बर्षिय महिलाको मृत्युपछि कोरोना पुष्टि

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा निवासी ७६ बर्षिय महिलाको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार अचेत अवस्थामा गोरखा अस्पताल ल्याइएकी महिलाको आइसीयुमा उपचार गर्दै गर्दा मृत्यु भएको थियो ।

अस्पतालले उनको मृत्यु ब्रेन हेमरेजबाट भएको र मृत्यु पछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ । गोरखा नगरपालिका-६ निवासी यी महिलाको मृत्यु सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार