सिपिएलको सेमिफाइनलमा पुगे यी चार टीम

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनालमा पुग्ने चार टिमको टुंगो लागेको छ । लिग चरणका खेलहरु बाँकी रहादै सेमिफाइनलका चार टिमको टुंगो लागेको हो ।

सेमीफाइनलमा पुग्ने चार टिममा ट्रीनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जोउक्स र जमैका तल्लावाह रहेका छन् । त्यस्तै बर्बाडोस ट्रीडेन्टस र सेन्ट किट्स एण्ड नेभिस भने बाहिरिएका छन् ।

अंक तालिकामा ट्रीनबागो अहिलेसम्म खेलेका ८ खेल नै जितेर १६ अंकसहित शिर्ष स्थानमा छ भने शिर्ष स्थानमै रहेर सेमिफाईनाल पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको गुयानाले लिगका सबै १० खेल खेलेर १२ अंकसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्यस्तै सेन्ट लुसियाले ८ खेलमा १० अंक हासिल गर्दै अहिले तेस्रो स्थानमा छ भने सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सेन्ट लुसियाले बाँकी दुवै खेल जितेमा दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ ।

त्यस्तै जमैका तल्लावह ८ खेलमा ७ अंक हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । लिग चरणक दुई खेल खेल्न बाँकी रहेको जमैकाले अब सेन्ट लुसिया र बार्बाडोस विरुद्ध एक एक खेल खेल्ने छ ।

त्यस्तै सेमिफाइनलमा नपुग्दै बाहिरिएको बार्बाडोसको अहिलेसम्म ९ खेलमा २ जित र ७ हारसहित केवल ४ अंक रहेको छ भने सेन्ट नेभिसको ९ खेलमा एक जित र एक बराबरी तथा ७ हारसहित ३ अंक मात्र रहेको छ ।

अब लिगका बाँकी खेलपछि सेमिफाइनलमा कुन कुन टिम खेल्ने भन्ने टुंगो लाग्ने छ । लिग चरणका खेल सोमबार सकिने छन् भने सेमिफाइनल सेप्टेम्बर ८ र ९ मा तथा फाइनल सेप्टेम्बर १० मा हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार