लकडाउन सदुपयोग गर्दै थैव छोरीहरु

हेर्दा आकर्षक, हलुका र लगाउन सहज हुदा आर्टिफिसियल ज्वलरीको बजार राम्रो छ ।


लकडाउनमा घरमै आर्टिफिसियल ज्वलरी बनाउदै तीन जना थैव दिदीबैनीहरु ।

बुटवल, १८ भदौ
बुटवलकी याचना थैव, प्रार्थना थैव र सुविधा थैव दीदिबहिनीको दिनचर्या फेरिएको छ । पढाईमा ब्यस्त रहने उनिहरु अहिले घरमै महिला श्रृगारका विभिन्न आर्टिफिसियल एससोरिज उत्पादनमा लागेका छन । भोग एससरिज नाम दिएर सामाजिक सन्जालमा महिला सौन्दयका विभिन्न सामग्रीहरु उत्पादन गरेका उनिहरुको बजार पनि अनलाईनमा नै धेरै छ । ब्यवस्थापनमा डिग्रि सकेकी याचना थैव, ब्याचलर गर्दै गरेकी प्रार्थना थैव र १२ कक्षामा अध्ययरत सुविधा थैव आवास ग्रुप अन्तरगत करीब एक दर्जन उद्योग स्थापित गरेका थैव परिवारका नया पुस्ता हुन । आमाबुबाको वंशाणुगत गुण छोराछोरीमा जान्छन कुरा उनिहरुमा प्रमाणित भएको छ । याचना र प्रार्थना दुई जना यज्ञश्वर थैव र सुविधा थैव चाहिँ महेश थैवका छोरी हुन ।


गहनाका पारखी समेत रहेकी प्रार्थनाले सामाजिक सन्जालमार्फत अध्ययन गरेर ज्वलरी एससोरीज बनाउन शुरु गरेको बताईन । ‘गहनाका सामानहरुको बजारमा धेरै माग छ ।’– उनले भनिन । अहिले नेपाली बजारमा भारत र अन्य देशबाट ठूलो परिणाममा सजावटका सामग्री भित्रने गरेको उनले बताईन । उनिहरु घरमै लकडाउनको समयलाई सदुपयोग गर्दै नया नया आईटमहरु डिजाईन गर्ने, बनाउने र सामाजिक सन्जाल मार्फत बिक्री वितरणमा लागेका छन । झुम्का, कंगना, घाटीको नेकलेस, खुट्टाको पाउजुका धेरै आईटमहरु बनाउन उनिहरुको राती २ बजेसम्म ब्यस्त रहन्छन । कच्चा पदार्थहरु बजारमा सहजै उपलब्धहरु हुने गरेको उनले बताईन । कच्चा पदार्थहरुमा वायर, पिन, जम्पिङ, पथ्थर मुगा, निलम लगायत विभिन्न सामान खरिद गर्ने साथै अन्य बनाउने, बजारीकरण गर्ने उनिहरुले आआफनो कामको बाडफाड समेत गरेका छन । प्रार्थनाले एयर रिङ डिजाईनिङको काम गर्छिन । याचना र सुविधाले ब्रास्लेट, एगलेट, कम्मर बेल्ट, चोपर मालाहरुको क्रियटिभ डिजाईनिङको काम गर्छिन । सामाजिक सन्जालमार्फत बजारिकरण गरेका उनिहरुको बस्तुको माग नेपालमात्र नभई विश्व बजारमा रहेको सुविधा थैवले बताईन । खाली समयको सदुपयोगमात्र नभई आम्दानी गर्न समेत उनिहरु सफल भएका छन । ‘अहिले बुटवल, भैरहवा क्षेत्रमा माग आईरहेको छ ।’– उनले भने । विभिन्न सामाजिक सन्जालहरु हेरेर यो बनाउन लागेको र त्यहीबाट नै उनिहरु बजारीकरण समेत गरिरहेका छन । ईन्ट्राग्राम, फेसबुकमा भोग एससरिजमार्फत सामानहरुको फोटा तथा सर्ट भिडियो बनाएर बजारिकरणको अभियान थालेका छन । सामाजिक सन्जाल केवल रमाईलो र समय गुजार्ने नभई बजारिकरण गरि आफ्नो उत्पादन चिनाउने एउटा उपयुक्त माध्यम भएको उनले बताएन । अहिले बुटवल भैरहवामात्र नभई काठमाण्डौ, पोखरा, विरगंज, बाग्लुङमा समेत माग रहेको बताए ।


छोरीहरुको काम सामाजिक सन्जालमा देखेपछि दंग भएका युवा उद्योगी महेश थैवले उनिहरुको कामबाट गर्व महसुस भएको बताए । लकडाउनको समयलाई सदुपयोग गरेर छोरीहरु नया ढंगबाट ह्याण्डि क्याफ्ट उत्पादन गरेर स्वदेशी बस्तुको पहिचान गराउन सफल भएको उनको दाबी छ । ‘सामाजिक संजालप्रति मानिसको वितृणा भएका बेला यसकै सदुपयोग उनिहरुले गरेका छन ।’– उनले भने ।
सौन्दय कला ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मिना प्रधानले आर्टिफिसियल ज्वलरीको बजार राम्रो रहेको बताईन । हेर्दा आकर्षक, हलुका र लगाउन सहज हुने भएकाले पनि यस्ता एससरिजको माग बजारमा राम्रो रहेको उनको दाबी छ । महङा धातुका गहनाहरु पछिल्लो समय विस्थापित भएको छ । उनले भनिन । विशेष गरि गोल्ड ज्वलरी टाईपको उत्पादन नेपालमै हुने उनले बताईन । यसैगरि आर्टिफिसियल डायमण्ड, मोती, कुन्दनका ज्वलरी भने भारतबाट भित्रने उनले बताईन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार