माईकिङमार्फत जनचेतना जगाउदै तिलोत्तमा रुपन्देही

 

बुटवल, १८ भदौ
लकडाउनको समयमा पनि मानिसहरु अनावश्यक घर बाहिर निस्कने, स्वस्थ्य सामग्रीको सही प्रयोग नगर्दा समेत कोरोना भाईरस संक्रमण बढेको छ । मानिसहरुमा कोरोना भाईरस संक्रमण र यसबाट बच्ने उपायका बारेमा अडियो सामग्री तयार गरेर घरदैलोमा सचेतना जगाउन उद्येश्यका साथ रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ अभियान थालेको छ ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । विश्वमा कोरोना भाईरसको कुनै खोप र औषधी तयार नभएको वर्तमान अवस्थामा आत्मबलसहित ईम्न्युटि पावर बढाउदै कोरोना भाईरस जित्नुको विकल्प नरहेको उनले बताए । कोभिड बिरुद्ध जनचेतना जगाउने, स्वअनुसासन साथै स्वस्थ्यको मापदण्ड पालना गर्नु नै अहिलेको उपयुक्त विधि भएको उनले बताए । विज्ञहरुका अनुसार कोरोना भाईरसको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरण काम गर्नुपर्ने उनको सुझाव छ । क्लबले ठिक समयमा सहि कामको थालनी गरेको उनको तर्क छ ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाईरस संक्रमणको अभियानमा शुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न संचारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए । मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घरघरमा पुग्ने गरि एक हप्ता संचालन गरिने बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा पनि काम गर्ने सहि समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार