नेपाली बजारमा युरिया मलको अभाव

मलखादका लागि नेपाली कृषक भारतीय बजार धाउदै


रुपन्देही, १८भाद्र

नेपाली कृषकहरु यति बेला धान खेतमा छर्ने युरिया मलखादको अभावले समस्या झेलीरहेछन् । भारतसंग सीमा जोडिएका रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका कृषकहरु खेतवारीमा युरिया मलखाद छर्ने समयमा भएपनि सहज ढंगबाट मलखाद पाउन नसक्दा चिन्तीत भएका छन् ।
कोरोना भाईरसको संक्रमणका बेला दुइचार किलो, एक दुई बोरा युरिया मलखादको लागि कृषकहरु विहानै भारतीय बजार सुनौली, कृष्णनगर, महेशपुर लगायत आसपासका बजारसम्म पुग्नुपर्ने बाध्यतामा छन् । भारतीय बजारसम्म पुग्न नसक्ने कृषकहरु भने चर्को मुल्य तिरेर भए पनि सीमासंगैको नेपाली पसलहरुबाट खरिद गर्ने गरेका छन् । यहांका अधिकांश सर्वसाधारणको मुख्य पेशा कृषि नै रहेका कारण सरकारी स्तरबाट मलखाद सहज आपुर्तिका लागि कृषकहरुले सरकारसंग माग गर्दे आएका छन् ।
कति प्रजातीका धान गोडमेल गर्ने र कति धान पाक्ने अवस्थनमा पुग्दा पनि सहज रुपमा मल पाउन नसक्दा धान उत्पादन प्रभावित हुने निश्चित भएको सुध्दोधन गाउपालिकाका कृषक मंगल थारुले गुनासो गरे । उता बजारमा मलको अभाव हुदापनि सरकारले मल व्यवस्था गर्न सकेको छैन ।
भारतीय बजारबाट भारतीय सुरक्षाकर्मीको आखां छलेर ल्याईएको मलखादमा भने सीमा क्षेत्र र आसपासमा खटिएका नेपाली सुरक्षाकर्मीहरुबाटै कृषकहरु समस्यामा पर्ने गरेको कृषकहरुको गुनासो छ । यी ३ जिल्लामा धान खेतीका लागि यति बेला २० सौ हजार मेट्कि टन यूरिया मलको आवश्यकता छ । तर नेपाल सरकारले मलखाद उपलब्ध गराउन नसक्दा यहांका अधिकांश कृषकहरु भारतीय मलखादको भरमा खेती गर्दै आएका छन् ।
जिल्ला जिल्लामा मलखाद आपुर्तिका लागि सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्ेडिंग कर्पोरेशनलाई जिम्मेवारी दिएको छ । यी २ सरकारी निकायबाट जिल्लाका सहकारी संस्थाहरु मार्फत् कृषकलाई मलखाद विक्री गर्ने गरिन्छ । तर आवश्यकता अनुसार जिल्लामै केन्द्रबाट मलखाद आउन नसक्दा मलखादको चरम अभाव देखिएको कृषि सामाग्री कंपनी लिमिटेड तौलिहवा उपशाखाका प्रमुख दिनेश शर्माले बतााएका छन् ।

कपिलवस्तुमा ५० केजीको ८ सय ५० रुपैया पर्ने यूरिया मलखाद भारतीय बजारबाट ल्याउंदा कृषकहरुलाई प्रति बोरा १ हजार २ सय रुपैयासम्म पर्ने गरेको छ । कृषकहरु एकातर्फ एक बोरा मलखादको लागि दिन भर मेहनत गर्नु पर्छ भने अर्को तर्फ चर्को मूल्य समेत तिर्नु परेको छ । धान गोडमेलमा लाग्नुपर्ने किसान मलखादको जोहो गर्न नेपाल भारतका समिाबर्ति क्षेत्रमा धाउनमा समय खर्चिन बाध्यछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार