बंगलादेशले नेपाललाई ५० हजार टन युरिया मल सहयोग गर्ने

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासंग टेलिफोन वार्ता गर्नुहुदै नेपालमा अहिले रासायनिक मलको अभावको बेला सहयोगको आग्रह गर्नभएको छ । बंगलादेशका प्रधानमन्त्री हसिनाले नेपाललाई ५० हजार टन युरिया मल पैचौ दिने कुरा स्वीकार्नुभएको आजको पत्रपत्रिकाहरुमा विशेष चासोका साथ समाचार बनाइको छ । कान्तिपुर दैनिकको अर्थ वाणिज्य पेजमा यो विषयमा समाचार आएको छ ।
कान्तिपुरमा नै कोरोना बिमाको संख्या र दाबी दुर्बै बढे भनेर तथ्याक सहितको समाचार समेत छापिएको छ । ४ महिनाको तथ्याक तुलना गर्दा जेठमा शुल्य रहेको बिमा दाबी पछिल्लो भदौको १५ मा आईपुग्दा १ हजार १ सय ८ जना पुगेको छ । कुल ८ लाख ९५ हजार जनाले बिमा गरेका छन । बिमा शुल्कमात्रै ५० करोड ३७ लाख ३० हजार रुपैया संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार