बुटवलमा निजि विद्यालयकाे विचल्ली : कि शैक्षिक सत्र स्थगित गर कि निकास देउ

बुटवल भदाै १०

दैनिक सयाै विद्यार्थीकाे चहलपहल रहने विद्यालयहरू गएकाे ५ महिनादेखि सुनसान छ । काेराेना संक्रमणका कारण लकडाउनले गर्दा विद्यालयकाे मैदानमा झार उम्रिएकाे छ भनी विद्यार्थी बाेक्ने वस थन्किएर ईन्जिनमा खिया लागेका छन् । कतिपय शिक्षकले मासिक अाधा तलव पनि पाउन नसकेकाेले दैनिकि जटिल वन्दै गएकाे वताएका छन् ।

लामो लकडाउनका कारण सुनसान विद्यालय
शिक्षा क्षेत्रकाे हवकै रूपमा परिचित रूपन्देहीकाे बुटवल भैरहवा र यश अासपासका ५०अाै विद्यालय यतिखेर निकै समस्यामा छन । यश क्षेत्रका निजि विद्यालय राष्ट्रिय स्तरमै नतिजा ल्याउन पनि सफल भएका विद्यालय हुन् । तर कराेडाै कराेड लगानी गरेका निजि विद्यालयकाे हालत अहिले निकै दयनिय वनेकाे छ ।
बुटवलमा निजि विद्यालयका संचालक हामीले राज्यलाई वार्षिक २०अाै लाख सम्म कर बुझादै अाएका छाै तर अहिले लामाे समय लकडाउन हुदा न विद्यार्थी वाट सुल्क लिन पाईयाे न राज्यले निजि विद्यालयकाे समस्या बुझ्याे । तसर्थ अब विद्यालयमा चावि लगाउनुकाे विकल्प नभएकाे यश क्षेत्रका विलय संचालक र प्रिन्सिपलहरू वताउन थालेका छन् ।
दिप बाेर्डिङ हाईस्कुल बुटवलमा २ हजार विद्यार्थी छन् जहाँ १ सय ४२ शिक्षक कर्मचारि छन् । जुन विद्यालयकाे मासिक खर्च करिव ६० लाख छ । तर ५ महिनादेखि शुल्क उठाउने कुरै भएन । जस्ले विद्यालयका शिक्षक कर्मचारीकाे खर्च धान्न ठुलाे समस्या भयाे भन्नुहुन्छ विद्यालयहरूका प्राचार्य टिकाराम न्याैपाने । उहाले सरकारले कि शैक्षिक सत्र स्थगित गर्ने कि अनलाईन वा टिभि शिक्षालाई मान्यता दिनपर्ने वताउनु हुन्छ ।

em>लामो लकडाउनका कारण सुनसान विद्यालय
याे त एउटा उदाहरण मात्र हाे ४/५ कराेड ऋण काढेर घर जग्गा भाडामा लिएर निजि विद्यालय चलाएका विद्यालयकाे हालत पनि निकै दर्दनाक देखिन्छ ।
लामाे समय लकडाउनका कारण सरकारले निकास दिन नसक्दा ठुलाे समस्या परेकाे लुम्बिनी वाेर्डिङ स्कुलका प्रिन्सिपल लालहरि पाण्डे वताउनु हुन्छ।
शिक्षाकाे गुणस्तर सुधारमा निजि विद्यालयले महत्वपुर्ण भुमिका खेल्दै राज्यला कर तिर्दै थुप्रैलाई राेजगार दिएकाे निजि विदालयकाे समस्या वारे सरकार वाेल्न पर्ने प्रिन्सिपल पाण्डेकाे भनाई छ ।

em>लामो लकडाउनका कारण सुनसान विद्यालय
लुम्बिनी बाेर्डिङ स्कुलमा ७ सय ५० विद्यार्थी र ५० जना शिक्षक कर्मचारी रहेका छन्। काेराेनाका कारण ५ महिनादेखि विद्यालय बन्द हुदा खर्च चलाउन निकै समस्या भएकाेले सरकारले तत्काल निकास नदिए स्थिति अझ जटिल हुने उहाकाे भनाइ छ ।
त्यस्तै बुटवल पव्लिक स्कुलका संचालक एवं अध्यक्ष हेमलाल शर्मा लगातार लामाे समय लकडाउन हुदा शैक्षिक क्षेत्र नराम्राे गरि प्रभावित भएकाे वताउदै शिक्षककाे तलव भुक्तानिमा समस्या भएकाे वताउनु हुन्छ ।
उता सामुदायिक बिद्यालय का शिक्षक कर्मचारी भनी लामाे समय लकडाउनका समयमा पनि पुरै तलव पाउदै अाएका छन् । निजि क्षेत्रकाे शिक्षा र राेजगारका क्षेत्रमा महत्वपुर्ण भुमिका रहेपनि सरकार निजी क्षेत्रकाे समस्याप्रति त्यति गम्भीर नभएकाे गुनासाे शिक्षकहरू गर्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार